Anticipated Endowment Life Assurance

Anticipated Endowment Life Assurance

Anticipated Endowment Life Assurance

अग्रिम भुक्तानी जीवन बीमा (Anticipated Endowment Life Assurance)

यो बीमा सावधिक प्रकारको जीवन बीमा योजना हो । यसमा किस्ताबन्दीमा अग्रिम भुक्तानीको व्यवस्था थप गरिएको छ । यो बीमा मुनाफामा सरिक हुने गरी मात्र प्रदान गरिन्छ।हालको महंगी र व्यावसायिक दृष्टिकोणलाई ध्यानमा राखी जनसाधारणको अभिरुची हेरी १५, २० र २५ वर्षे अवधिको लागि यस किसिमको बीमालेख जारी गरिन्छ ।१५ वर्षे बीमा गरेमा ५ वर्षमा बीमांकको २५ {bea11378f8e87058ef8c8038e60ab66446d356c4111585d4705e43ad5688cfde} , १० वर्षमा अर्को २५ {bea11378f8e87058ef8c8038e60ab66446d356c4111585d4705e43ad5688cfde} , १५ वर्षमा बाँकी ५०{bea11378f8e87058ef8c8038e60ab66446d356c4111585d4705e43ad5688cfde}र आर्जन गरेको बोनस सहित भुक्तानी दिईन्छ । २० वर्षे बीमामा १० वर्षमा २५ {bea11378f8e87058ef8c8038e60ab66446d356c4111585d4705e43ad5688cfde} , १५ वर्षमा अर्को २५ {bea11378f8e87058ef8c8038e60ab66446d356c4111585d4705e43ad5688cfde} र बीमा अवधि भुक्तानी अर्थात् २० वर्षमा बाँकी ५० {bea11378f8e87058ef8c8038e60ab66446d356c4111585d4705e43ad5688cfde}  र बोनससमेत भुक्तानी दिईन्छ । २५ वर्षे बीमामा, १० वर्षमा १०{bea11378f8e87058ef8c8038e60ab66446d356c4111585d4705e43ad5688cfde} , १५ वर्षमा १५{bea11378f8e87058ef8c8038e60ab66446d356c4111585d4705e43ad5688cfde} , २० वर्षमा २५{bea11378f8e87058ef8c8038e60ab66446d356c4111585d4705e43ad5688cfde} र बीमा अवधि भुक्तानी अर्थात् २५ वर्षमा बाँकी ५०{bea11378f8e87058ef8c8038e60ab66446d356c4111585d4705e43ad5688cfde}  र आर्जित बोनससहित एकमुष्ट रकम भुक्तानी दिईन्छ । कथंकदाचित बीमा अवधि समाप्त हुनुभन्दा अगावै बीमितको निधन भएमा परिवारलाई पहिले प्राप्त किस्ता कट्टि नगरी पूरा बीमांक तथा सो अवधिसम्मको आर्जित बोनस एकमुष्ट भुक्तानी दिइन्छ ।