Children’s Plan ‘Watsalya’

Children’s Plan ‘Watsalya’

Children’s Plan ‘Watsalya’

बालबच्चाको जीवन बीमालेख ‘वात्सल्य’ (Children’s Plan ‘Watsalya’)

राष्ट्रिय बीमा संस्थानले जारी गरेको बालबच्चाको जीवन बीमा ‘वात्सल्य’ अग्रिम भुक्तानी प्रकारको बीमालेख हो । भर्खर जन्मेकोदेखि ८ वर्षसम्मका बालबालिका यस योजनामा समावेश हुन सक्छन् । हाललाई न्यूनतम रु.१,००,०००।÷ र अधिकतम रु.५,००,०००।÷ बीमांक मात्र कायम गरिएको यस योजनामा बालबालिका स्वंय बीमित हुने र निज १६ वर्ष पुगेपछि लगत्तै आउने बीमा वार्षिकोत्सव पछि ५ वर्षसम्म लगातार प्रत्येक वर्ष बीमांकको २० प्रतिशतका दरले भुक्तानी गरिन्छ र २२ औं वर्ष पुगेपछि लगत्तै आउने बीमा वार्षिकोत्सवमा आर्जित बोनस एकमुष्ठ प्रदान गरिन्छ । वात्सल्यका प्रस्तावकले अतिरिक्त बीमाशुल्क तिरेर बीमाशुल्क तिर्नु नपर्ने छुट (Premium Waiver Benefit) सुविधा लिन सक्नेछन् ।यस प्रकारको बीमामा सबै अवधिका लागि वार्षिक बोनसदर प्रतिहजार रु.६५।÷ प्रदान गरिएको छ ।

 

 

हाल यो बीमा  योजना कार्यवयनमा नरहेको |