Term Life Assurance (म्यादी जीवन बीमा)
निश्चित अवधिको लागि थोरै बीमाशुल्क तिरेर जोखिम बहन गर्नको लागि मात्र गरिने बीमालाई म्यादी जीवन बीमा भनिन्छ । यस किसिमको बीमामा जम्मा भएको बीमाशुल्क फिर्ता हुदैँन तर बीमितको मृत्यु भएमा बीमांक रकम निजको आश्रित परिवारलाई भुक्तानी गरिन्छ । व्यक्तिको मृत्युबाट हुने आर्थिक क्षति र साहुको कर्जाको सुरक्षाको लागि यस किसिमको बीमा गरिन्छ । यस प्रकारको बीमामा मुनाफामा सरिक नहुने गरी बीमालेख जारी गरिन्छ । यस प्रकारको बीमा वापत तिरिने बीमाशुल्क अन्य जीवन बीमा योजनामा जस्तो जम्मा हुँदैन र तोकिएको अवधिसम्म बीमित जीवितै रहेमा कुनै रकम भुक्तानी गरिदैँन । तोकिएको अवधिभित्रै बीमितको मृत्यु भएमा बीमाशुल्क तिर्नुपर्ने छैन र साहुलाई तिर्नुपर्ने रकम बीमालेखमा लेखिएबमोजिम संस्थानले तिरिदिने छ । कर्जावालाको सुरक्षण र छोटो अवधिको जीवन बीमा प्रयोजनको लागि यो बीमा महत्वपूर्ण रहेको छ ।