Endowment Life Assurance

Endowment Life Assurance

Endowment Life Assurance

Endowment Life Assurance (सावधिक जीवन बीमा) Home/Endowment Life Assurance (सावधिक जीवन बीमा) सावधिक जीवन बीमा (Endowment Life Assurance) र दोहोरो दुर्घटना लाभ (ADB) सहितको सावधिक जीवन बीमा (Endowment Life Assurance with Accidental Double Benefit)

सावधिक जीवन बीमा नेपालको सन्दर्भमा अत्यन्त लोकप्रिय जीवन बीमा योजना हो ।यसका मूलभूत विशेषताहरु निम्नानुसार छन्÷

  • यो योजनामा प्रवेश गर्ने न्युनतम उमेरः १७ वर्ष ।
  • यो योजनामा समावेश हुने अन्तिम उमेरः ६० वर्ष ।
  • कम्तिमा ५ वर्षको अवधि राखेर बीमा गर्न सकिने ।
  • बढीमा आफ्नो उमेर ६५ वर्ष पुग्न जति वर्ष बाँकी छ त्यति नै अवधि बराबरको बीमा गर्न सकिने ।
  • बीमा गर्ने रकम (बीमांक) मा कुनै हदबन्दी नभएको । आफ्नो आयस्ता अनुसार अनुकुल हुने गरी जति रकमको पनि बीमा गर्न सकिने ।
  • इच्छाएको व्यक्तिमा एक वा एकभन्दा बढी व्यक्ति पनि इच्छाउन पाइने ।
  • बीमा लागू भएको दुई वर्षपछि समर्पण मूल्यको ९० प्रतिशतसम्म रकम बीमालेख धितो राखी कर्जा सुविधाको उपभोग गर्न पाइने ।
  • बीमालेख चालु रहुन्जेल यो सुविधा उपभोग गर्न पटक पटक पाइने ।
  • बीमा अवधि भूक्तान भएपछि बीमितले बीमांक रकम र आर्जित बोनस रकम एकमुष्ट रुपमा भुक्तानी पाउने ।
  • बीमालेख चालु छँदै बीमितको मृत्यु भएमा बीमितले इच्छाएको व्यक्तिले बीमांक र आर्जित बोनस रकम एकमुष्ट प्राप्त गर्नेछ ।
  • यस योजनामा थोरै थप बीमाशुल्क तिरेर दोहोरो दुर्घटना लाभ (Double Accidental Benefit) को फाइदा लिन सकिन्छ ।
  • यस योजनामा सबै अवधिका लागि वार्षिक बोनस दर प्रति हजार रु.६५।÷ प्रदान गरिँदै आएको छ ।