Company Profile

परिचय

देशको आर्थिक विकासका लागि आन्तरिक साधन र पूँजीको परिचालन गर्न, विदेशी मुद्राको व्ययभार रोक्न तथा दक्ष व्यवसायिक बीमा कम्पनी स्थापना गर्न नेपाली सरकारले गरेको निर्णय अनुरूप २०२४ पौष १ गते प्राइभेट कम्पनीको रूपमा स्थापना भई राष्ट्रिय बीमा संस्थान ऐन २०२५ अन्तर्गत संस्थानको रूपमा २०२५ साल पौष १ गते परिणत भएको हो । यस संस्थानले आजसम्मको कार्यकालमा नेपाल सरकारले लिएको लक्ष्य तथा उद्देश्य अनुरूप नै कार्य गर्न र उच्च प्रतिफल दिन सफल भएको छ । संस्थानले नेपाली बीमा बजारमा दक्ष जनशक्ति फिँजाएको छ । राष्ट्रिय बीमा संस्थान नेपाली जीवन संरक्षण गर्न एक सुनिश्चित भविष्यको पर्याय बनेको छ ।

 

संक्षिप्त जानकारी

स्थापनाः पौष १, २०२४ मा प्राइभेट कम्पनीको रूपमा स्थापना भई पौष १, २०२५ मा राष्ट्रिय बीमा संस्थान ऐन २०२५ अनुसार संस्थानको रूपमा परिणत ।

 

कारोबार सुरू

फाल्गुण ११, २०२४ बाट निर्जीवन बीमा तथा फाल्गुण ७, २०२९ बाट जीवन बीमा व्यवसायको कारोबार सुरू ।जीवन बीमा
मानिसको जीवन अमूल्य हुन्छ र त्यसलाई तौलन सकिँदैन । तर मानिसको आकस्मिक अशक्तता वा मृत्युले उसको परिवारलाई विचल्ली पार्न सक्दछ । परिवारको कमाउने सदस्यको मृत्यु भएमा निजको आश्रित परिवारलाई जीवन धान्न सहज बनाउने काममा जीवन बीमाले सहयोग गर्दछ । जीवनमा कमाउने उमेर सधैँ रहँदैन । त्यसैले कमाउन सक्ने उमेरमा कमाएको रकममध्ये केही रकम बचत गरी जीवन बीमा गर्दा बृद्धावस्थामा जीवन सहज बनाउन अतिरिक्त आड भरोसा दिन्छ । त्यस्तै बालबच्चाको भविष्यको लागि जीवन बीमा महत्वपूर्ण हुनसक्छ । कर्मचारीले आफू काम गर्ने संस्थाबाट कर्जा प्राप्त गर्दा पनि कर्जाको सुरक्षण बापत जीवन बीमा गरेर भविष्यका लागि निश्चिन्त हुन सकिन्छ । जीवन बीमा गर्दा आफ््नो आम्दानीमा लाग्ने करमा रू। २०,०००।– सम्मको तिरिएको बीमाशुल्कमा आयकर छुट पाइन्छ ।