FAQ

प्रश्न बीमा भनेको के हो ?

उत्तर : आर्थिक क्षति वा नोक्सानीमा दिईने क्षतिपुर्तिको ग्यारेण्टी ।

 

प्रश्न  के – के को बीमा हुन्छ ?

उत्तर : मनिसको जीवन वा सम्पत्ति सबै कुराको बीमा हुन्छ ।

 

प्रश्न बीमा गर्नाले के फाइदा हुन्छ ?

उत्तर : भएको नोक्सानीको आर्थिक क्षतिपुर्ति पाईन्छ ।

 

प्रश्न जीवन बीमा भनेको के हो ?

उत्तर : मानिसको जीवनको आर्थिक सुरक्षा ।

 

प्रश्न रा.बी.सं. द्वारा गरिने जीवन बीमाहरु के – के हुन् ?

उत्तर : कृपया, प्रडक्ट डिटेल पेज हेर्नुहोस ।

 

प्रश्न रा.बी.सं. मा जीवन बीमा कसरी गर्ने ?

उत्तर : रा.बी.सं. मा  जीवन बीमा गर्न प्रधान कार्यालय वा शाखा कार्यालयहरुमा जाने। के कस्तो जीवन बीमा गर्ने सो को जानकारी लिन सकिन्छ। वेबसाईतमा रहेको प्रिमियम क्यालकुलेटरबाट कुन बीमाको कति पर्छ हेरेर आफुलाई मन पर्ने जीवन बीमा गर्न सकिन्छ। यसको लागि अन्डर-राईटिङ  विभागबाट प्रस्ताब फारम भरी, बीमा शुल्क तिरे पछि बीमाको पोलिसि लिन सकिन्छ ।

 

प्रश्न जीवन बीमाको दावी भनेको के हो ?

उत्तर : जीवन बीमा गर्नेले क्षतिपुर्ति माग गर्ने वा फिर्ता भुक्तानी माग्ने प्रकृया ।

 

प्रश्न जीवन बीमाको दावी गर्दा के – के चाहिन्छ ?

उत्तर :बीमालेख, अन्तिम किस्ता तिरेको रसिद, नागरिकता तथा आवश्यकता हेरेर अन्य कागजातहरु।

 

प्रश्न जीवन बीमाको दावी कसरी गर्न सकिन्छ ?

उत्तर :बीमालेख, अन्तिम किस्ता तिरेको रसिद, नागरिकता तथा आवश्यकता हेरेर अन्य कागजातहरु लिएर प्रधान कार्यालयको दाबी विभागमा जाने र उक्त विभागबाट दाबी सम्बन्धी क्यालकुलेशन गरी दाबी भुक्तानीको गर्ने लेखा शाखामा पठाउँछ र छिटो छरिटो सहज प्रक्रिया गरी तँपाईलाई AC Payee चेक वा IPS मार्फत भुक्तानी दिईन्छ।  हाल दाबी भुक्तानीको कार्य प्रधान कार्यालयले मात्र गर्ने गरेको छ।

 

प्रश्न चालु जीवन बीमामा के – के थपघट गर्न सकिन्छ ?

उत्तर :किस्ता परिवर्तन, ठेगाना, हकवाला बाहेक अन्य परिवर्तन गर्न मिल्दैन ।

 

प्रश्न जीवन बीमा दावी कहिले र कसरी गरिन्छ ?

उत्तर : ३ वर्षको प्रिमियम भुक्तानी पछि मात्र जीवन बीमा समर्पण वा कर्जा वा चुक्ता बीमालेखबाट भुक्तानी हुन सक्छ । साथै अवधि समाप्त भएपछि फिर्ता भुक्तानी पाईन्छ । तर मृत्यु दावी भने चालु बीमा अवधिमा जहिले सुकै लिन सकिन्छ ।