Joint Life Plan ‘Jeevan Sathi’

Joint Life Plan ‘Jeevan Sathi’

Joint Life Plan ‘Jeevan Sathi’

पति-पत्नीको संयुक्त जीवन बीमा ‘जीवन साथी’ (Joint Life Plan ‘Jeevan Sathi’)

यो सावधिक प्रकारको जीवन बीमा हो । यस योजनामा पति÷पत्नी दुबैको एउटै बीमालेखबाट जीवन बीमा गरिन्छ। मुनाफामा सरिक भएर मात्र जीवन बीमा प्रस्ताव गर्न सकिनेछ ।यस योजनामा पति र पत्नी दुबैको बीमा हुने तर दुबैको आ÷आफ्नो विवरण प्रस्ताव फाराम र व्यक्तिगत स्वास्थ्य विवरण फाराममा समावेश हुनुपर्नेछ । पति र पत्नीमध्ये कम उमेर भएको प्रस्तावकको उमेरमा दुबैको फरक उमेरलाई तोकिएको अंक जोडी बीमाशुल्क गणना गरिने व्यवस्था रहेको छ ।यस योजनामा बीमालेखको अवधि समाप्त भएपछि पति र पत्नी दुबैले बीमांक र बोनस एकमुष्ट रकम संयुक्त रुपमा प्राप्त गर्नेछन् । यदि बीमा अवधि समाप्त हुनुअगावै एक बीमितको मृत्यु भएमा बीमांक बराबरको रकम मृत्यु दाबीवापत जीवित बीमितले प्राप्त गर्नेछ। त्यसपछि पनि सो बीमा कायमै रहनेछ तर बीमा शुल्क भुक्तानी गर्नुपर्ने छैन । अवधि समाप्त भएपछि पूरा बीमांक र बोनस एकमुष्ट रकम जीवित बीमितलाई भुक्तानी गरिन्छ । यदि बीमा अवधि समाप्त हुनु अगावै अर्को बीमितको पनि मृत्यु भएमा इच्छाएको व्यक्ति र इच्छाएको व्यक्ति नभए नजिकको हकवालालाई बीमांक रकम र आर्जित बोनस एकमुष्ठ भुक्तानी गरिन्छ ।

यस योजनामा एक बीमितको मृत्युपछि पनि बोनस रकम चालु बीमालेखसरह प्रदान गर्ने व्यवस्था रहेको छ । यस योजनाले पति-पत्नीको आपसी विश्वास, प्रेम र भरोसालाई आर्थिक आधारबाट पनि मजबुत पार्ने संस्थानको विश्वास रहेको छ । बीमालेखमा सरिक हुन पाउने न्यूनतम उमेर १८ वर्ष र अधिकतम उमेर ५० वर्ष, न्यूनतम बीमा अवधि १५ वर्ष र अधिकतम बीमा अवधि ३० वर्ष कायम गर्न सकिने यस योजनामा बीमालेख प्रारम्भ भएको २ वर्षपछि समर्पण मूल्य लिने वा कर्जा प्राप्त गर्न सकिने व्यवस्था रहेको छ । यस प्रकारको बीमामा सबै अवधिका लागि वार्षिक बोनसदर प्रतिहजार रु.६५।÷ प्रदान गरिएको छ ।