Bal Umanga

Bal Umanga

Bal Umanga

‘बालउमंग ‘ (Bal Umanga) बालबच्चाको सावधिक जीवन बीमा

बालबच्चाको शिक्षा तथा विवाहजस्ता अति आवश्यकीय आर्थिक दायित्व सहज रुपमा पूरा गर्ने उद्देश्यले बालबच्चाको सावधिक जीवन बीमा ‘बालउमंग’ बजारमा ल्याइएको हो । यस बीमाले हाल बजारमा रहेका आफ्नो बीमालेखले समेट्न नसकेको उमेर समुह (८ वर्षदेखि ११ वर्षसम्म) लाई समेत बीमाको परिधिभित्र समेट्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।

‘बालउमंग’ का मूलभूत विशेषताहरु

  • न्यूनतम प्रवेश उमेर १ र अधिकतम प्रवेश उमेर ११ वर्ष तथा जीवन बीमाको न्यूनतम अवधि ५ वर्ष र अधिकतम अवधि १५ वर्षसम्मको हुनेछ भने अधिकतम अवधि भुक्तानी उमेर १६ वर्ष हुनेछ।
  • न्यूनतम बीमांक रु.१,००,०००।÷(अक्षेरुपि रु.एक लाख ) तथा प्रस्तावकको आयश्रोत र बीमित/प्रस्तावकको आवश्यकता अनुसार अधिकतम बीमांक रकम कायम गर्न सकिनेछ । तर रु.२० लाख भन्दा बढी रकमको बीमा गर्दा प्रस्तावकको समेत कम्तिमा समान रकमको बीमा अनिवार्य रुपमा गर्नुपर्नेछ ।
  • यस बीमालेख अन्तर्गत बीमितको उमेर ७ वर्ष नपुगेसम्म र २ वर्षको बीमाशुल्क नतिरिएको अवस्थामा जोखिम बहन गरिने छैन ।जोखिम बहन नहुँदै बीमितको मृत्यु भएमा प्रथम बीमाशुल्क बाहेकको बीमाशुल्क रकम फिर्ता गरिनेछ, जसमा अतिरिक्त शुल्क लिइएको भए सो रकम फिर्ता हुने छैन ।
  • बीमाशुल्क तिर्न नपर्ने छुट सुविधा (Premium Waiver Benefit- PWB) पूरक करारको रुपमा लिन सकिने र सोको अतिरिक्त बीमाशुल्क कायम रहनेछ ।
  • बीमांक रु.२,००,‍०००।– सम्मको बीमा गर्दा बीमाशुल्कमा कुनै छुट नभएको, बीमांक रु.२,००,००१।÷देखि ५,००,०००।÷ सम्मको बीमा गर्दा बीमाशुल्कमा रु.१।÷ प्रतिहजार तथा बीमांक रु.५,००,००१।÷ भन्दा बढीको बीमा गर्दा बीमाशुल्कमा रु.२।÷प्रतिहजार छुट व्यवस्था कायम गरिएको छ ।
  • वार्षिक र अर्धवार्षिक रुपमा बीमाशुल्क भुक्तानी गर्न सकिनेछ । यस्तो बीमाशुल्क भुक्तानीमा विशेष छुटसमेत कायम गरिएको छ, जसअन्तर्गत वार्षिक भुक्तानीमा २ प्रतिशत र अर्धवार्षिकमा १ प्रतिशत छुट हुनेछ ।
  • यस बीमालेख अन्तर्गत बीमा प्रस्ताव गर्दा प्रस्तावक बीमितको बाबु/आमा हुनुपर्नेछ । बीमाशुल्क भुक्तानी गर्ने दायित्व बाबु/आमाको हुनेछ ।
  • बीमालेख प्रारम्भ भएको २ वर्षपछि बीमित/प्रस्तावकले चाहेमा समर्पण मूल्यको ९० प्रतिशतसम्म रकम बीमालेख धितो राखी कर्जा लिन सक्नेछ ।कर्जाको व्याज संस्थानको प्रचलन अनुसार कायम हुनेछ ।
  • बीमालेख संस्थानबाट प्रारम्भ भएपछि हुने पहिलो बीमांकीय मूल्यांकनबाट निश्चित भए बमोजिमको बोनस प्रदान गरिनेछ । तर जोखिम ग्रहण भइसकेपछि पहिलो बीमांकीय मूल्यांकन हुनुभन्दा अगावै बीमितको मृत्यु भएको अवस्थामा मात्र संस्थानको प्रचलित बोनस प्रतिहजार रु.६५।÷को दरले विशेष बोनस प्रदान गरिनेछ ।

हाल यो बीमा  योजना कार्यवयनमा नरहेको |