आजीवन जीवन बीमा (Whole Life Assurance)
आजीवन जीवन बीमाको मुख्य उद्देश्य बीमा लिने व्यक्ति (बीमित) को जुनसुकै समयमा मृत्यु भए पनि आश्रितहरुले एकमुष्ट रकम पाउने व्यवस्था गर्नु हो । यस योजनाअन्तर्गत बीमितले तोकिएको अवधिसम्म निर्धारित समयमा बीमाशुल्क तिर्दै जानु पर्दछ । जुनसुकै समयमा पनि बीमितको मृत्यु भएमा एकमुष्ट रकम निजको आश्रितलाई दिईन्छ ।आजीवन जीवन बीमाशुल्क दर सावधिक जीवन बीमा योजनामा भन्दा केही कम हुन्छ ।