Jeevan Bandhu

Jeevan Bandhu

Jeevan Bandhu

‘जीवन बन्धु’ (Jeevan Bandhu) दोहोरो लाभ जीवन बीमा योजनाः ‘बाँचुन्जेल आफूलाई, मृत्युपछि परिवारलाई’

‘जीवन बन्धु’ (Jeevan Bandhu) दोहोरो लाभ जीवन बीमा योजना नेपाली बीमा बजारमा लोकप्रिय, सरल, व्यावहारिक र बीमितको मृत्युपछि पनि सहयोगी हुने जीवन बीमा योजना हो । यस बीमा योजनामा सावधिक तथा आजीवन बीमा दुबैका गुणहरु विद्यमान रहेका छन् । एउटै बीमालेखबाट बीमा अवधिको र त्यसपछि बीमित जीवित रहेमा बाँचुञ्जेलसम्म आश्रितका लागि आर्थिक सुरक्षा प्रदान गरिन्छ । यो योजनामा ११ वर्षभन्दा माथिका बालबालिका तथा वयस्क भइसकेका व्यक्तिहरुसमेत सहभागी हुनसक्ने भएकोले धेरै प्रभावकारी, आकर्षक तथा उपयुक्त नँया बीमा योजना रहेको छ । यस योजनामा बीमित बीमा अवधिसम्म जीवित रहेमा निजले अवधि समाप्त भएपछि एकपटक र निजको मृत्युपछि इच्छाएको व्यक्ति वा नजिकको हकवालाले अर्को पटक गरी बीमा दावी लिन पाउने व्यवस्था रहेको छ ।

‘जीवन बन्धु दोहोरो लाभ जीवन बीमा योजनाका मूलभूत विशेषताहरुः

  • न्यूनतम प्रवेश उमेर ११ वर्ष र अधिकतम प्रवेश उमेर ६५ वर्ष तथा बीमालेख अवधि न्यूनतम ५ वर्षदेखि अधिकतम ५९ वर्षसम्मको हुनेछ।
  • अवधि भुक्तानी मितिमा पूरै बीमांक र बोनस प्राप्त गर्ने तथा अवधि भुक्तानीको लगतैदेखि बीमांक बराबरको आजीवन जीवन बीमा सुविधा प्राप्त हुने । पूरै अवधि बीमाशुल्क भुक्तानी भएको बीमितको मृत्युपछि निजले ईच्छाएको व्यक्ति र ईच्छाएको व्यक्ति नभएमा नजिकको हकवालाले नियमानुसारको बीमांक बराबरको आजीवन जीवन बीमा दावी स्वतः प्राप्त गर्नेछ तर सो वापत थप बीमाशुल्क तिर्नुपर्दैन।
  • बीमालेख प्रारम्भ भएको २ वर्षपछि बीमितले चाहेमा समर्पण मूल्यको ९० प्रतिशतसम्म रकम बीमालेख धितो राखी कर्जा लिन सक्नेछ। कर्जाको व्याज संस्थानको प्रचलन अनुसार कायम हुनेछ ।
  • बीमालेख संस्थानबाट प्रारम्भ भएपछि हुने पहिलो बीमांकीय मूल्यांकनबाट निश्चित भए बमोजिमको बोनस प्रदान गरिनेछ ।तर जोखिम ग्रहण भइसकेपछि पहिलो बीमांकीय मूल्यांकन हुनुभन्दा अगावै बीमितको मृत्यु भएको अवस्थामा मात्र संस्थानको प्रचलित बोनस प्रतिहजार रु.६५। को दरले विशेष बोनस प्रदान गरिनेछ ।
  • १६ वर्षमुनिको बीमितको हकमा प्रस्तावक निजको बाबुआमा हुनुपर्नेछ। बीमितको बीमाशुल्क भुक्तानी गर्ने प्रस्तावकको दायित्व हुनेछ।
    दोहोरो दुर्घटना लाभ (Accidental Double Benefit) पुरक करारको रुपमा हाल रु.५,००,०००।सम्म कायम गरिएको छ। यो पुरक करार ऐच्छिक हुनेछ ।
  • यस बीमाको बीमाशुल्क दर कायम तालिका छुट्टै कायम गरिएको छ । संस्थानले बीमितको दोहोरो जीवन बीमा दायित्व बहन गर्ने भएकोले अन्य बीमालेखको तुलनामा बीमाशुल्क दर केही अधिक हुनु स्वभाविक छ ।
  • बीमांक रु.२,००,०००।सम्मको बीमा गर्दा बीमाशुल्कमा कुनै छुट नभएको, बीमाक रु.२,००,००१। भन्दामाथि रु.३,००,०००। सम्मको बीमा गर्दा बीमाशुल्कमा रु.१।÷प्रतिहजार र बीमांक रु. ३,००,००१।भन्दा माथि बीमा गर्दा बीमाशुल्कमा रु.२।प्रतिहजार छुट व्यवस्था कायम गरिएको छ।
  • वार्षिक, अर्धवार्षिक र त्रैमासिक रुपमा बीमाशुल्क भुक्तानी गर्न सकिनेछ । यस्तो बीमाशुल्क भुक्तानीमा विशेष छुट समेत कायम गरिएको छ, जसअन्तर्गत वार्षिक भुक्तानीमा २ प्रतिशत, अर्धवार्षिक भुक्तानीमा १ प्रतिशत र त्रैमासिक भुक्तानीमा कुनै छुट नहुने व्यवस्था कायम गरिएको छ ।
  • बीमा अवधिसम्म सावधिक र सो अवधिपछि आजीवन जीवन बीमाका लाभहरु समेटिएको यस बीमा योजनाबाट दुबै योजनाको फाइदा लिन सकिनेछ । बीमालेखले जीवनकालका लागि र मृत्युपछि पनि पारिवारिक दायित्व पूरा गर्नेछ ।