बाल शैक्षिक योजना
बालबालिकाहरुको शिक्षाको लागि आर्थिक श्रोतको जोहो गर्न, अविभावकको अनुपस्थितिमा बालवालिकाको शैक्षिक क्रियाकलाप तथा अन्य दैनिक सुविधालाई निरन्तरता कायम गर्न सकोस भन्ने यो जीवन बीमा योजनाको अभिप्राय रहेको छ । जस्तो सुकै परिस्थितिमा पनि बालवालिकाले गुणस्तरीय शिक्षा हासिल गर्न तथा दैनिक जीवन यापनमा सहयोग पुगोस् भन्ने उद्धेश्यले बालवालिकाको सावधिक जीवन बीमा “बाल शैक्षिक योजना” प्रचलनमा ल्याइएको हो ।
बाल शैक्षिक योजनाका विशेषताहरु
१. जन्मेको दिनदेखि १७ बर्षसम्मको बालबालिकाको बीमा गर्न सकिने
२. बीमा अवधि न्युनतम १० वर्षदेखि अधिकतम २५ वर्ष सम्म।
३. बीमा प्रस्ताबकको समेत अनिवार्य जोखिम बहन हुने।
४. बीमालेख निरन्तर रही बीमा अवधि समाप्ति भएमा बीमांक र आर्जित बोनस भुक्तानी हुने।
५. बीमालेख धितोमा कर्जा लिन सकिने।
६. PWB र MIB सुबिधा सहित बीमा गर्न सकिने र PTD ऎच्छिक करारको रुपमा लिन सकिने।
७. बीमा अवधिभित्र प्रस्ताबकको मृत्यु वा अंगभंग भएमा बीमितले मासिक आम्दानी सुबिधा पाइने ।
८. न्यूनबीमशुल्क भएको ।
९. बालबालिकाको सुरक्षित भविष्यको सुनिश्चितता भएको।
१०. दाबी भुक्तानीमा अग्र स्थान रहेको ।