१ |
जीवन बीमा खरिद र अण्डरराइटिङ्ग |
- आवश्यक कागजातहरू:
- जीवन बीमा प्रस्ताव फारम
- व्यक्तिगत स्वास्थ्य विवरण
- ग्राहक पहिचान फारम (KYC)
- अभिकर्ता मार्फत बीमा गराए अभिकर्ता प्रतिवेदन फारम
- आयको स्वघोषणा
- आय स्रोत प्रमाणपत्र वा आवश्यक कागजातहरू
- ऋण सुरक्षा बीमा भएमा स्वामित्व हस्तान्तरण फारम
- ऋण सुरक्षा बीमा भएमा रोजगारदाता वा ऋणदाताबाट कर्मचारीको उमेर, बीमांक र अवधिको बीमा गरिदिने पत्र
- नागरिकता प्रमाणपत्र वा उमेर खुल्ने अन्य आधिकारिक प्रमाणपत्रको प्रतिलिपि
- आवश्यकता अनुसार चिकित्सकको प्रतिवेदन र स्वास्थ्य परीक्षण प्रतिवेदन
- इच्छाइएको व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- कम्पनीले आवश्यक ठानेका अन्य कागजातहरू
- फारमहरू अध्ययन गरी जोखिम मूल्याङ्कन गरेपछि बीमा शुल्क निर्धारण गरिनेछ।
- पहिलो बीमा शुल्क प्राप्त भएपछि बीमालेख जारी गरिनेछ।
- जारी गरिएको बीमालेख अभिकर्ता वा कार्यालयबाट बीमितलाई उपलब्ध गराइनेछ।
|
अण्डरराइटिङ्ग विभाग शाखा कार्यालयहरू आधिकारिक अभिकर्ताहरू |
१११, १०७ |
आवश्यक कागजात र पहिलो बीमा शुल्क बुझाएको दिन नै |
|
२ |
बीमालेख पुनर्जागरण |
- बीमित/प्रस्तावकको हस्ताक्षर सहितको निवेदन
- व्यक्तिगत स्वास्थ्य विवरण
- स्वास्थ्य परीक्षण प्रतिवेदन (आवश्यकता अनुसार)
|
अण्डरराइटिङ्ग विभाग शाखा कार्यालयहरू आधिकारिक अभिकर्ताहरू |
१०७ |
आवश्यक कागजात कार्यालयमा पेश गरेको दिन नै |
|
३ |
बीमालेख हराएमा |
- बीमालेखको प्रतिलिपिको लागि कम्पनीमा निवेदन
- राष्ट्रिय स्तरको पत्रिकामा बीमालेख हराएको ३५ दिने सूचना प्रकाशित गर्ने
|
बीमालेख शाखा शाखा कार्यालयहरू |
१०७ |
सूचना प्रकाशित भएको ३५ दिन पछि |
|
४ |
समर्पण मूल्य भुक्तानी |
- बीमालेख समर्पण मूल्यको लागि आवेदन
- बीमितको हस्ताक्षर भएको दाबी फर्छ्यौट पुर्जी
- मूल बीमालेख कागजात
- वित्त व्यवस्थापन (एजेन्सी शाखा) द्वारा जारी बीमा शुल्क भुक्तानी प्रमाणित गरेको पुर्जी
- निम्नलिखित मध्ये कुनै एक प्रमाणपत्रको सक्कल प्रतिलिपि रुजु गरिनेछ: नागरिकता प्रमाणपत्र/पासपोर्ट/मतदाता परिचय पत्र/सवारी चालक अनुमति पत्र/PAN/राष्ट्रिय परिचय पत्र
|
दाबी विभाग शाखा कार्यालयहरू |
१०६ |
कार्यालयमा आवश्यक कागजात प्राप्त भएको अधिकतम ३ दिन भित्र |
|
५ |
बीमालेख परिपक्वता दाबी भुक्तानी |
- मूल बीमालेख कागजात
- बीमितको हस्ताक्षर भएको दाबी फर्छ्यौट पुर्जी
- वित्त व्यवस्थापन (एजेन्सी शाखा) द्वारा जारी बीमा शुल्क भुक्तानी प्रमाणित गरेको पुर्जी
- निम्नलिखित मध्ये कुनै एक प्रमाणपत्रको सक्कल प्रतिलिपि रुजु गरिनेछ: नागरिकता प्रमाणपत्र/पासपोर्ट/मतदाता परिचय पत्र/सवारी चालक अनुमति पत्र/PAN/राष्ट्रिय परिचय पत्र
|
कम्पनीको दाबी विभाग शाखा कार्यालयहरू |
१०६ |
कार्यालयमा आवश्यक कागजात प्राप्त भएको अधिकतम ३ दिन भित्र |
|
६ |
बीमालेख अन्तर्गत मृत्यु दाबी भुक्तानी |
- १) प्राकृतिक वा समयमै मृत्यु भएमा:
- दाबीकर्ताको निवेदन
- दाबीकर्ताले भर्ने दाबी विवरण
- स्थानीय निकायको मृत्यु प्रमाणित गरेको मुचुल्का
- मृत्यु दर्ता प्रमाणपत्र
- नाता प्रमाणित पत्र
- मूल बीमालेख कागजात
- पहिचान प्रमाण
- दाबीकर्ता र मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपिहरू
- एजेन्सी शाखा द्वारा जारी बीमा शुल्क भुक्तानी प्रमाणित गरेको पुर्जी
- आवश्यकता अनुसार अन्य कागजातहरू र मृत्युको प्रकार अनुसार देहायका कागजातहरू
- २) दुर्घटनाको कारण मृत्यु भएमा: माथि (१) बाहेक थप
- पहिचान प्रमाण
- शव व्यवस्थापन प्रमाणपत्र
- पोस्टमार्टम रिपोर्ट
- प्रहरी द्वारा प्रमाणित गरिएको दुर्घटनाको स्थलगत मुचुल्का
- ३) अस्पतालमा उपचारको क्रममा मृत्यु भएमा: माथि (१) बाहेक थप
- पहिचान प्रमाण
- चिकित्सा उपस्थिति प्रमाणपत्र
- स्थानीय निकाय द्वारा जारी मृत्यु दर्ता प्रमाणपत्र
|
कम्पनीको दाबी विभाग शाखा कार्यालयहरू |
१०६ |
कागजात कार्यालयमा पेश गरेपछि, जाँचबुझ गर्दा भुक्तानी दिन उपयुक्त देखिएमा ७ दिन भित्र दाबी भुक्तानी पुर्जा उपलब्ध गराइनेछ र त्यसको ७ दिन भित्र दाबी भुक्तानी गरिनेछ। जाँचबुझ पछि दाबी भुक्तानी गर्न नमिल्ने देखिएमा, कागजात प्राप्त भएको ७ दिन भित्र कारण सहित जानकारी दिइनेछ। |
|
७ |
बीमालेख अन्तर्गत ऋण लिंदा |
- १) ऋणको लागि आवेदन
- २) मूल बीमालेख कागजात
- ३) एजेन्सी शाखा द्वारा जारी बीमा शुल्क भुक्तानी प्रमाणित गरेको पुर्जी
- ४) तमसुक (रु १० को टिकट सहित)
- ५) निम्नलिखित मध्ये कुनै एक प्रमाणपत्रको सक्कल प्रतिलिपि रुजु गरिनेछ: नागरिकता प्रमाणपत्र/पासपोर्ट/मतदाता परिचय पत्र/सवारी चालक अनुमति पत्र/PAN/राष्ट्रिय परिचय पत्र
|
कम्पनीको बीमालेख ऋण शाखा शाखा कार्यालयहरू |
१०६ |
आवश्यक कागजात सहित ऋणको लागि आवेदन दिएको अधिकतम ३ दिन भित्र |
|
८ |
राष्ट्रसेवकको हकमा समर्पण मूल्य भुक्तानी |
- १) निवृत्तिभरण पत्र वा उपदान पत्र वा राजीनामा पत्र वा सेवाबाट अलग भएको पत्र वा परिचय खुल्ने अन्य कागजात
- २) नागरिक लगानी कोषको पत्र
- ३) कम्पनीले तोकेका अन्य कागजातहरू
- ४) राष्ट्रसेवकले यस्तो बीमा योजनालाई व्यक्तिगत योजनाको रूपमा पनि निरन्तरता दिन सक्नेछन्
|
राष्ट्रसेवकसँग सम्बन्धित दाबी शाखा शाखा कार्यालय |
७ |
कागजात प्राप्त भएको अधिकतम ३ दिन भित्र |
|
९ |
राष्ट्रसेवकसँग सम्बन्धित बीमाको मृत्यु दाबी भुक्तानी |
- १) दाबी फर्छ्यौट पुर्जी
- २) कर्मचारी कार्यरत संस्था/संगठनबाट कर्मचारीको मृत्यु सम्बन्धमा र दाबी रकम कसलाई भुक्तानी दिने हो सो उल्लेख गरिएको सक्कल पत्र
- ३) राष्ट्रसेवक कर्मचारीहरूको सावधिक जीवन बीमा सञ्चालन कार्यविधि २०७५ को अनुसूची ३ मा उल्लेख भए बमोजिम सावधिक जीवन बीमा योजना रकमको भुक्तानी फारम
- ४) बीमितको मृत्युको कारण खुलेको पत्र
- ५) दुर्घटनाबाट मृत्यु भएमा: बीमितको मृत्युको कारण सम्बन्धमा सरकारी चिकित्सकद्वारा गरिएको शव परीक्षण प्रतिवेदन र सो नभए प्रहरी प्रतिवेदन
- ६) बीमितको मृत्यु दर्ता प्रमाणपत्र
- ७) बीमितसँगको नाता प्रमाणित प्रमाणपत्र
- ८) मृतक र मृतकको हकदारको नागरिकता प्रमाणपत्र
- ९) हकवाला पत्नी भएमा बीमितको एक मात्र पत्नी भएको प्रमाणित हुने सम्बन्धित स्थानीय निकाय वा बीमितको कार्यालयको पत्र
- १०) नागरिक लगानी कोषको पत्र
- ११) उपरोक्त कागजातहरू कर्मचारी कार्यरत संस्थाबाट प्रतिलिपि प्रमाणित गराउनुपर्नेछ
|
राष्ट्रसेवकसँग सम्बन्धित दाबी शाखा शाखा कार्यालय |
७ |
कागजात कार्यालयमा पेश गरेपछि, जाँचबुझ गर्दा भुक्तानी दिन उपयुक्त देखिएमा ७ दिन भित्र दाबी भुक्तानी पुर्जा उपलब्ध गराइनेछ र त्यसको ७ दिन भित्र दाबी भुक्तानी गरिनेछ। जाँचबुझ पछि दाबी भुक्तानी गर्न नमिल्ने देखिएमा, कागजात प्राप्त भएको ७ दिन भित्र कारण सहित जानकारी दिइनेछ। |
|
१० |
जीवनबीमा अभिकर्ता बन्न |
- १) जीवन बीमा अभिकर्ता बन्नको लागि निवेदन
- २) १०+२ वा सो भन्दा माथिको तथ्याङ्क पत्र र चारित्रिक प्रमाणपत्रको प्रतिलिपि
- ३) नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- ४) स्थायी लेखा नम्बर(PAN) को प्रतिलिपि
- ५) कम्पनी वा नेपाल बीमा प्राधिकरणले संचालन गरेको जीवन बीमा अभिकर्ता आधारभूत तालिममा सहभागी भर्इ प्राप्त गरेको प्रमाणपत्रको प्रतिलिपि
- ६) नेपाल बीमा प्राधिकरणले तोकेबमोजिम जीवन बीमा अभिकर्ताको परीक्षा उतिर्ण गरेको प्रमाणपत्रको प्रतिलिपि
- ७) हालसालै खिचेको पासपोर्ट साइजको फोटो र तोकिएबमोजिम शूल्क
|
बजार व्यवस्थापन शाखा कर्यालय |
१०८ |
नेपाल बीमा प्राधिकरण बाट प्राप्त भएपछि |