Underwriting Department

Underwriting Department

Phone no: 01-4262520(EXT: 108)

परिचय

जोखिमांकन (Underwriting)  भन्नाले प्रस्तावकले भरेको प्रस्ताव फाराम, व्यक्तिगत स्वास्थ्य सम्बन्धि विवरण र उपलब्ध गराएका अन्य आवश्यक कागजातहरुका आधारमा प्रस्तावकमा अन्तर निहित जोखिमको मूल्यांकन गरि बीमाको लागि योग्य जीवनको छनौट गर्ने एउटा Systematic प्रकिया (Process) हो, जो वीमाशूल्क निर्धारण गर्दै टुङ्गिन्छ ।

 

बीमा शुल्क निर्धारणमा प्रभाव पार्ने तत्वहरु

  •  प्रस्तावित योजना
  •  उमेर
  •  अबधि
  •  बीमाङ्क
  •  पेशा
  •  स्वास्थ्य
  •  Rider (ADB, PWB)
  •  भुक्तानीको तरिका
  • Mode load & Mode discount

 

जीवन बीमा जोखिमांकनका लागि आवश्यक पर्ने कागजातहरु

  •  जीवनबीमा प्रस्ताव फाराम
  •  व्यक्तिगत स्वास्थ्य सम्बन्धि विवरण
  •  नगरिकता वा उमेर खुल्ने प्रमाण पत्र
  •  ग्राहक परिचयपत्र
  •  संस्थानले तोके बमोजिमको स्वास्थ्य सम्बन्धि परिक्षण
  • आयश्रोतको प्रमाण पत्र
  • अभिकर्ता मार्फत वीमा गराएअभिकर्ता प्रतिवेदन
  •  कर्जा संरक्षणको वीमा भए रोजगारदाता वा कर्जादातावाट स्वामित्व हस्तान्त्रणको मनोनयन फाराम

 

स्वास्थ्य परिक्षण बिना स्वीकार गर्न सकिने प्रस्ताव

  • सबै उमेर समूहलाई रु. ५ लाख सम्म,
  • ४६ देखि ५५ बर्ष सम्मलाई रु. १० लाख सम्म,
  • ४५ बर्ष सम्मलाई रु. १५ लाख सम्म,
  • वीमाको लागि स्वास्थ्यअवस्थाअनुकुल रहेमा