बीमा अभिकर्ता इजाजतपत्र नबिकरण सम्बन्धमा

बीमा अभिकर्ता इजाजतपत्र नबिकरण सम्बन्धमा

बीमा अभिकर्ता इजाजतपत्र नबिकरण सम्बन्धमा

बीमा अभिकर्ता इजाजतपत्र नबिकरण सम्बन्धमा

उपरोक्त सम्बन्धमा मिति २०७८।१२।०८ गतेदेखि Online System बाट २०७९ सालको लागि अभिकर्ता इजाजतपत्र नवीकरण कार्य शुरु भईसकेको सन्दर्भमा इजाजतपत्र नविकरणका लागि देहाय बमोजिम गर्नु गराउनुहुन अनुरोध गर्दछौं ।

१ अभिकर्ता नवीकरण शुल्क भुक्तानीका लागि www.connectips.com मा Login गरी आफ्नो User ID भएमा सोही Sign in  गर्ने र नभएमा Sign up गरी नयाँ User बनाउने ।

२ Dashboard मा भएको Semi-Govt/Sansthan मा Click गर्ने ।

३ Beema Samiti को Icon मा Click गर्ने ।

४ Agent Payment मा Click गर्ने ।

५ कुन खाताबाट शुल्क तिर्ने हो Sender Details बाट छान्ने ।

६ Agent Licence Code मा बीमा अभिकर्ता इजाजत पत्र नं Type गर्ने । (जस्तै इजाजत पत्र नं ५/१२३४ भए १२३४ मात्र राख्ने)।

७ इजाजतपत्र जारी मिति Calender वाट छानेर English Date मा राख्ने ।

८ Agent Type Select गर्ने ।

९ Insurer Name छानेर Make Payment मा Click गर्ने । (भुक्तानी गर्नुपर्ने शुल्क आफैं देखिने छ)

१० त्यसपछि देखिएको Details सहि भएमा फेरि Make Payment मा Click गर्ने र आफ्नो Transaction Password वा Mobile/Email मा प्राप्त OPT राखी Transaction Complete गर्ने ।

११ शुल्क भुक्तानी गरेको Slip Download/Print गरी सुरक्षित राख्ने (Transaction History मा समेत हेर्न सकिने) ।

१२ एउटै Connect IPS User बाट एक भन्दा बढी इजाजतपत्रको नवीकरण शुल्क समेत भुक्तानी गर्न सकिने ।

१३ शुल्क भुक्तानी सफल भएपछि Approval को लागि बीमा समिति Forward गर्नुपर्ने भएकोले सम्बन्धित अभिकर्ताको मोबाइल नं र इमेल अनिवार्य रुपमा राष्ट्रिय बीमा संस्थानको शाखा तथा बजार व्यवस्थापन विभागमा उपलव्ध गराउने ।

१६ बीमा अभिकर्ताको इजाजतपत्र जारी मिति (Issued Date)मा समस्या आएमा संस्थानको शाखा तथा बजार व्यवस्थापन विभागमा सम्पर्क गर्ने ।

१७  शुल्क भुक्तानी सम्बन्धी जानकारी You Tube Link https://www.youtube.com/watch?v=qvQxf6EPKT0 वाट समेत लिन सकिने ।

 

पुनश्च:

२०७९ सालको लागि बीमा अभिकर्ता इजाजतपत्र नवीकरणको सम्बन्धमा उल्लेखित व्यवस्थाबाट मात्र गर्न सकिने छ । यदि कुनै बीमा अभिकर्ताले आफ्नो इजाजतपत्र नवीकरण शुल्क अन्य माध्यमवाट समितिको खातामा जम्मा गरेको भएमा उक्त रकम फिर्ता लिन बीमा समितिमा निवेदन दिनुपर्नेछ । साथै अभिकर्ता इजाजतपत्र नवीकरणको लागि उल्लेखित प्रकृयाबाट मात्र गर्न सकिने व्यहोरा जानकारी गराइन्छ ।

संस्थागत बीमा अभिकर्ताको इजाजतपत्र नवीकरणको हकमा संस्था नवीकरण प्रमाणपत्र र अघिल्लो आ.व.को करचुक्ता प्रमाणपत्र समेत उपलव्ध गराउनुपर्नेछ ।